बालेनले प्रधानमन्त्रीलाई “आमा” सम्बोधन गर्दै लेखे यस्तो स्टाटस

२१ फागुन, काठमाडौं । भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा हेरिएका बालेन शाहले निर्वाचन सफल बनाएकोमा प्रधानमन्त्री सुशीला कार्कीप्रति सम्मान व्यक्त गरेका छन् । उनले आमा सम्बोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ अनेक चूनौतिका बीच प्रधानमन्त्री पद सम्हालेकी कार्कीले अन्ततः आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकी छिन् । उनको अहिले प्रशंशा गरिएको छ ।