२५ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले टेलिफोन संवाद गरेका छन् । मोदी स्वयमःले यसबारे सामाजिक सञ्जालमा राखेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग हार्दिक टेलिफोन संवाद भयो।
दुवै नेताहरूलाई उनीहरूको चुनावी विजय र नेपालको निर्वाचनमा रास्वपाले प्राप्त गरेको शानदार सफलताका लागि बधाई दिएँ। उनीहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हाम्रा दुई देशको पारस्परिक समृद्धि, प्रगति र हितका लागि उनीहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्याएँ। म विश्वस्त छु कि हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ चुम्नेछ।’