काठमाडौं । आफ्नो नियमित चेकजाँच गर्ने बिरामी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा चिकित्सक रोहित प्रसाद झा पक्राउ परेका छन् । उनी मेडिसिटी अस्पतालका डाक्टर हुने ।
उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । कीर्तिपुर निवासी एक महिला उनकोमा ‘होलबडी चेकअप’का लागि पुग्ने गरेकी थिइन् ।
आइतबार सोही सिलसिलामा अस्पताल पुग्दा डाक्टरले हातपात गर्न खोजेको आरोप उनको छ । डाक्टरको कोठामा डा. एक्लै रहेको र सोही मौका पारी हातपात गर्न खोजेको उनको आरोप छ ।
पिडितले प्रहरीमा दिएको जाहेरी अनुसार शरीर चेकजाँचको रिर्पोट हेर्नुको साटो शरीरको तारिफ गर्दै संवेदनसिल अंगमा हात पुर्याएका थिए ।
त्यसपछि पिडित चिच्याउँदै कोठाबाट बाहिर निस्किएको उनको जाहेरीमा उल्लेख छ । प्रहरीले सोमबार उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । घटनाबारे ति महिलाले श्रीमानलाई जानकारी गराएपछि उनकै सल्लाहमा प्रहरीमा उजुरी दिएकी हुन् ।