बिहीबार पनि विभिन्न स्थानमा वर्षातको सम्भावना

काठमाडौं । बिहीबार समेत मुलुकका विभिन्न स्थानमा वर्षात हुने भएकोछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ ।

ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।