बूढानीलकण्ठ नगरपालिकाले दियो जगडोलस्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो गाँऊ व्यवस्थित गर्ने जिम्मा

अमृता के सी ( रोनी )
काठमाडौँ, असोज २० ।बूढानिलकण्ठ नगरपालिकाले स्थानिय जगडोल स्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो वडा अन्तर्गतको सार्वजनिक जग्गामा सरसफाई शौचालय, विश्रामस्थल, पार्क निर्माण, घुम्ती र टहरा पसलको व्यवस्थापनको लागि अनुमती सहितको पत्र हस्तान्तरण गरेको छ। नगरपालिकाले बुधवार एक अनौपचारिक कार्यक्रममा क्लबका पदधिकारीहरुलाई एक पत्र हस्तान्तरण गरेको हो ।

बूढानीलकण्ठ नगरपालिकाले गत वर्ष गरेको ५० लाख रकम मार्फत पार्क तथा भवन निर्माण गर्दै गरेको यज्ञडोल जगडोल युवा क्लबले स्थानिय दार्हे गौडामा रावणको सालीक सहितको पार्क निर्माण गर्ने जनाएको छ। पार्क निर्माणका लागि नगरपालिकाले थप चालिस लाख दिन लागेको क्लबका अध्यक्ष सञ्जय पौडेलले बताए । नगरपालिकाबाट पत्र प्राप्त गरे पछी क्लबका अध्यक्ष पौडेलले वडा अध्यक्ष राजु अधिकारी र नगर प्रमुख उद्धब खरेललाई आफ्नो फेशबुक स्ट्याटस मार्फत् धन्यबाद दिएका छन्। अध्यक्ष पौडेलले लेखेका छन् “साबिक कपन गा बि स हाल बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ११ स्थित सुन्दर गाँऊ जगडोल भित्र अनियन्त्रितरुपमा विकास भएका टहरा व्यवसाय र ति टहरामा अनियन्त्रितरुपमा बिक्रि वितरण गरिने मदिराजन्य पेय पदार्थका कारण सिंगो गाउँ नै असुरक्षित हुने मध्यरातसम्म होहल्ला हुने भए पछी हामीले यज्ञडोल जगडोल युवा क्लब मार्फत यि सबै विकृतीहरुलाई नियमगन गर्नुका साथै धार्मिक महत्व बोकेको जगडोलमा रावणले यज्ञ गर्दै गरेको विशाल मुर्ती सहितको यज्ञ पार्क निर्माण गर्न अधिकार पाँऊ भनी यज्ञ पार्क निर्माण समिती एवं यज्ञडोल जगडोल युवा क्लबको तर्फबाट वडा कार्यालय ११ लाई स्वीकृतिको लागि निवेदन दिएका थियौ ।

यसरी अनियन्त्रित रुपमा दिनहुँ थपिदै गएका टहराहरुका कारण सुन्दर जगडोल बिस्तारै कुरुप समेत बन्दै गए पछी स्थानिय क्लबको दायित्व सम्झिएर हामीले रावणले यज्ञ गर्दै गरेको विशाल मुर्ती सहित नमुना पार्क बनाउने र यस्ता टहराहरुलाई व्यवस्थित गर्न सटर सहितको भवन निर्माण गरी ति व्यवसायहरुलाई करको दायरामा ल्याई सुन्दर जगडोल निर्माण गर्ने प्रण गर्‍यौं । हाम्रो निवेदनलाई स्विकार गरी वडा कार्यालयले गरेको सिफारिसलाई बूढानीलकण्ठ नगरपालिकाले आज अनुमोदन पत्र हस्तान्तरण गरेको छ ।

अनुमोदन मात्र होईन बूढानीलकण्ठ नगरपालिकाले थप ४० लाख रकम नवनिर्मित पार्क निर्माणको लागि बिनियोजन समेत गरेको छ। यो रकम समेत गरी बु.न.पा.ले हालसम्म गरेको सहयोग ९० लाखको हुनेछ ।

बूढानीलकण्ठ नगरपालिकाले हामीलाई गरेको यो विश्वासको लागि नगर प्रमुख उद्धब खरेल, वडा अध्यक्ष राजु अधिकारी, नगरपालिकाका सरोकालवाला कर्मचारी साथमा यस क्लबका सम्पूर्ण पदाधिकारी अनी जगडोलका अग्रज बा आमा युवा साथीहरु सबै धन्यबादका पात्र हुनुहुन्छ। साथै छिमेकी नगरपालिका गोकर्णेश्वोरले पनि यो पार्क निर्माणका लागि १० लाख छुट्टाएको छ । यो सहयोगको लागि नगर प्रमुख सन्तोष चालिसेलाई पनि यज्ञ पार्क निर्माण समिती एवम् यज्ञडोल जगडोल युवा क्लबको तर्फबाट धन्यबाद दिन चाहन्छौ ।”