बेलायती स्वास्थ्य मन्त्रीमा देखियो कोरोना

लण्डन । बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी संक्रमणको पुष्टी भएसँगै आइसोलेसनमा बसेको संचारमाध्यमले लेखेका छन् ।

कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस आफैले संक्रमणको जानकारी गराएकी हुन् । उनी बेलायतमा संक्रमण हुने पहिलो उच्च पदस्थ अधिकारी हुन ।

आफु चिकित्सकको सल्लाहमै निजी निवासको आइसोलेसनमा बसेको उनले बताएकी हुन् । उनका अनुसार रोगको संक्रमण हुनपूर्व आफूल भेटघाट गरेका मानिसको पहिचान शुरु गरिएको छ ।

किनकी संक्रमित मानिसँगको नजिक जाँदा उसको थुकबाट यो रोगको संक्रमण सर्ने सम्भावना धेरै हुन्छ ।

बेलायतमा यस रोगको संक्रमणबाट ६ जनाको ज्यान गएको छ । करीव ४ सय जनामा रोगको संक्रमण देएिको छ । चीनबाट फैलिएको रोगले पछिल्ला दिनमा यूरोपलाई नराम्रोसँग प्रभावित बनाएको छ ।