बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु

Photo : Gorakhapatra

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटनमा भएको दुर्घटनामा बेहुला बेहुली भने घाइते रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ । मृतक दुलाहाका काका हुन् । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते छन् ।

दुलाहा, दुलही सामान्य घाईते भएको बताइएको छ । आईतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो । दुर्घटनाको कारण नखुलेको बताइएको छ ।