भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी

काठमाडौं । काठमाडौं महानगरमा बालेनको रेस जारी रहँदा भरतपुर महानगरपालिकामा भने रेनु दाहालले अग्रता बढाएकी छिन् । भरतपुरमा पाँचवटा वडाका २१ हजार ७ सय ५४ मत गनिसक्दा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ३७३ मत अगाडी छिन् ।

पाँच नम्बर वडाको गणना सकिँदा मतान्तर फराकिलो बनेको हो । पछिल्लो अपडेट अनुसार दाहालले ७ हजार ४ सय ७१ मत पाउँदा सुवेदीले ७ हजार ९८ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ३ हजार ६ सय ३ मत पाएका छन् ।

यता, काठमाडौं महानगरपालिकामा भने बालेनले १३ हजार १८९ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई केशव स्थापितले ७ हजार १०६ मतका साथ पच्छ्याइरहेका छन् । सिर्जना सिंहको ६ हजार २४७ मत आएको छ ।