भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

भरतपुर । सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्न तयार पारेको भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्र वर्षाका कारण डुबानमा परेको छ । रातभर वर्षा भएको थियो । जसले भरतपुरस्थित केन्द्रीय बस टर्मिनल भित्रको जग्गामा पानी भरिएको हो । सभा आयोजना गर्न अघिल्लो दिन नै मञ्च र टेन्ट तयार पारिएको थियो । आमसभा स्थलमा झण्डा समेत पानीको डुबानमा परेका छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार चितवन आइसकेका छन् ।

आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार बनेका छन् । कांग्रेसका बागि उम्मेदवार जगन्नाथ पौडेलले मेयर पदको प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट विजय सुवेदी उठेका छन् ।