दैलेख । भारतको नोयडामा सडक दुर्घटनामा परी चार जना नेपालीको ज्यान गएको छ । भारतबाट रोजगारी गरी नेपाल घर फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा निधन भएको हो ।
दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलको परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको नेपाली संचारमाध्यमले लेखेका छन् ।
रोजगारीको शिलशिलामा भारत गएका उनीहरु बम्बईबाट आउने क्रममा उत्तर प्रदेशको नोयडा भन्ने ठाउँमा गाडी दुर्घटनामा परेका हुन् । नेपाल फर्किन लागेका कालो रावल, उनकी श्रीमती बुदी रावल, सात बर्षीय छोरा टोपेन्द्र रावल र सँगै यात्रा गरिरहेका तिलक घर्तीको दुर्घटनामा मृत्यु भएको छ ।