भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

AFP

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्डले टी-२० टिमको कप्तानको जिम्मेवारी रोहित शर्मालाई दिएको छ । जारी विश्वकपबाट भारत बाहिरिएको छ । साथै साविकका कप्तान विराट कोहलीले समेत टी-२० टिमको कप्तानी छाडेका छन् । भारतले आसन्न न्युजिल्याण्डविरुद्धको सिररिजका लागि टीम घोषणा गरेको हो । जसमा कप्तानी अब रोहितले गर्ने भएका हुन् ।

बीसीसीआईले मंगलबार रोहितको कप्तानीमा १६ खेलाडीलाई टीममा राखेको छ । यो सिरिजमा बिराटलाई भने आराम दिइएको छ । केएल राहुलले उकप्तानको भूमिका निभाउने छन् । टीमको नयाँ मुख्य प्रशिक्षक भने राहुल द्रविड बनेका छन् । भारतले न्युजिल्याण्डसँग तीन खेलको टी २० सिरिज खेल्दैछ । सिरिज नोभेम्बर १७ बाट शुरु हुने बताइएको छ । न्युजिल्याण्डविरुद्धको टी २० सिरिजलाई विराटसँगै जसप्रित बुमराह र रवीन्द्र जडेजा मोहम्मद शामी समेत टीममा परेनन् ।