भारत र चीन बीचको सिमा बिबादका क्रममा झडप हुँदा २० जना भारतीय सैनिकको मंगलवार मृत्यु भएको छ । भारतीय सैनिक मुख्यालयलाई हवाला दिदै रेउटर्स र एसोसिएट्स प्रेसले समाचार सम्प्रेसण गरेको छ । दक्षिण एसियाका दुई आणबिक शक्ती राष्ट्र बीचको सिमा बिबादका कारण ५३ बर्ष पछिको यो मानबीय क्षति हो ।
यस अगाडि ३ जना भारतीय सेनाको झडपमा मृत्यु भएको र १७ जना थप सैनिक गम्भिर घाईते भएको भारतीय सेनाले बताएको समाचार एजेन्सीहरुले जनाएका छन् । संसारकै दुई चर्चित राष्ट्रहरु त्यस क्षेत्रको हिमाली भाग सहितको २ हजार १ सय ७५ माईल्स लामो सिमाको लगातार बिबादमा छन् । सिमा बिबादका क्रममा सामान्य झडप हुने ढुंगा प्रहार गर्ने गरे पनि सन् १९७५ देखि यता दुई देश बीचको सिमाका कारण गोली प्रहार भने भएको थिएन ।
घटना लद्दाक क्षेत्रको गल्वान भ्यालीमा भएको हो ।
एजेन्सी