भूकम्पपछि पहिलो पटक खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

Photo by wondersofnepal.com

काठमाडौं । दाजु भाई नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाईले आजैका दिन रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर एक अर्कालाई टिका लगाउने प्रचलन रहेको छ ।

तर, यो उत्सव विगत ५ वर्षदेखि बन्द थियो । किनकी भूकम्पले क्षतिग्रस्त रानीपोखरी र यसको मन्दिर पुनर्निर्माणका क्रममा रहेका कारण मन्दिर बन्द रहेको थियो । २०७२ साल बैशाखको भूकम्पपछि पहिलो पटक आज यो मन्दिर खुला भएको छ । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ ।


भूकम्पबाट क्षतिग्रस्त मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिएको थियो । तर, सर्वसाधारणलाई भने पूजाको अनुमति थिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत कात्तिक ५ गते रानीपोखरी उदघाटन गरेकी थिइन् । बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा समेत सोही अवसरमा भएको थियो ।