भूकम्प प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री

काठमाडौं । भूकम्पले क्षतिग्रस्त जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्। उनी जाजरकोटकै हुन्। गएरातीको भूकम्पमा परि जाजरकोट र रुकुममा अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट गएका थिए।