नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा घटना भएको हो । प्रहरीका अनुसार
अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इप्सन भट्टराई, धर्मप्रसादकी आमा कोकिला भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।