काठमाडौं । अब मन्त्रीहरुले विदेशी कुटनीतिक नियोगका प्रतिनिधि वा विदेशबाट आएका प्रतिनिधिलाई भेट्दा अनिवार्य परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नु पर्ने भएको छ । बुधबार सिंहदवारमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुले कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी प्रतिनिधिहरुलाई भेटेको गुनासो बढेपछि यस्तो निर्णय गरेको हो ।
कूटनीतिक नियोग तथा विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य रुपमा राख्नु पर्ने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारका उच्च अधिकारीहरुले विदेशी कूटनीतिक आचारसंहिता २०६८ मा रहेको व्यवस्था अनुसार सो निर्णय भएको बताइएको छ ।