काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।
सोमबार पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन चुनौती दिएका हुन् ।
‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । मलाई तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ,’ उनले भने ।
आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।
प्रधानमन्त्री अोलीले पटक–पटक समर्थन फिर्ता लिन आग्रह गरेपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् ।