काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार र शारीरिक हिंसा गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाबारे आज फैसला दिने तयारी अदालतले गरेको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार हेर्दाहेर्दैमा राखेको यो मुद्दामा आज अन्तिम फैसलाको संभावना रहेको छ ।
आइतबार बहस भए पनि फैसला आउन सकेन । जिल्ला अदालतका अनुसार समय अभावका कारण आइतबार फैसला हुन नसकेको हो ।
अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार सोमबार फैसला आउने सम्भावना रहेको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाही माथि जबरजस्ती करणी प्रयास गरेको आरोप उनिमाथी लागेको छ । महरा पुर्पक्षका लागि जेलमा छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दामा बहस भएको छ ।
१२ असोजमा रोशनी कै कोठामा पुगेर रक्सी खाइ जबर्जस्ती प्रयास गरेको आरोप उनिमाथी रहेको छ ।
प्रतिकार गर्दा रोशनीमाथी उनले हातपात समेत गरेको सरकारी वकिलको कार्यालयले दावी गरेको छ ।