महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित बनेका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेशले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।

एमाले उम्मेदवार कार्कीले २५ हजार ६८० मत ल्याइन् । उनले जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई हराएकी हुन् । यादवको १४ हजार २१९ मत आयो । राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् । महानगरपालिकामध्ये नतिजा आउने विराटनगर पहिलो बनेको छ ।