महिला क्रिकेट टीम हङकङ प्रस्थान, तिहारका दिन मैदानमा

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका क्रिकेट खेलाडीको तिहार क्रिकेट मैदानमै बित्ने छ । हङकङमा कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म आयोजना हुने चार देशसम्मिलित टी–२० सिरिजका कारण नेपाली टोलीको तिहार खेल मैदानमै क्रिकेट खेलेर बित्ने भएको हो ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले शनिबार सिरिज खेल्न लाने महिला टोलीको विदाइ गरेको छ । मुलपानीस्थित क्यान मुख्यालयमा आयोजित कार्यक्रमबीच टोलीलाई क्यानका सचिव पारस खड्कालगायत पदाधिकारीले विदाइ गरे । नेपाली टोली आइतबार हङकङ प्रस्थान गर्नेछ ।

क्यानले यस सिरिजका लागि पहिलो पटक इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । क्यानले रुविना क्षेत्रीको स्थानमा बर्मालाई कप्तानको जिम्मेवारी दिएको हो । यस्तै उपकप्तानमा विन्दु रावल छिन् । नेपालले सिरिजको पहिलो खेल कात्तिक २९ गते तान्जानिया, दोस्रो खेल कात्तिक ३० गते हङकङ र तेस्रो खेल मङ्सिर २ गते जापानसँग खेल्नेछ । लिग चरणको शीर्ष दु्ई टोलीबीच मङ्सिर ३ गते फाइनल खेल हुनेछ । सिरिजका खेलहरु हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।