माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

RSS

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको छ ।  जारी बन्दसत्रमा बिहिवार समेत प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने छन् । 

छलफलको निष्कर्ष सुनाउने क्रम आजै सकिने दुवै प्रतिवेदन अनुमोदन गराउने तयारी छ । त्यसपछि  नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ । माओवादी केन्द्रको निर्वाचन आयोगका अनुसार बिधान प्रतिवेदन पास भएमा आजै निर्वाचन तालिका प्रकाशन हुने भएको हो ।

अध्यक्ष प्रचण्डले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । तीमध्ये ११ वटा समूहका टोली नेताले बुधबार आफ्ना धारणा राखिसकेका छन् ।