मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्‍यु (डरलाग्दो भिडियो)

न्युयोर्क

मिनियापोलिसस्थित एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा सुताएर गर्धनमा घुँडाले कुल्चिएको र ती अस्वेत मानिसको निसास्सिएर मृत्‍यु भएको हृदयबिदारक एक भिडियो बाहिरिएको छ । उक्त दिमाग खल्बलिने भिडियो मिनियापोलिसस्थित सोमबार खिचिएको ‘डेली मेल’ लेखेको छ ।  

ती अश्वेत मानिसको मृत्‍यु पछि घटनामा संलग्न प्रहरी अधिकृतहरुलाई बिदामा राखिएको जनाईएको छ । घटनाको बारेमा फेडरल ईन्भेस्टिगेसन ब्युरो एफबिआईले अनुसन्धान गरी रहेको ‘डेली मेल’ले जनाएको छ । सोमबार ती मानिसको मृत्‍यु पछि मिनियापोलिस प्रहरी डिपार्टमेन्टले एक बिज्ञप्ती प्रकाशित गर्दै घटनाको पुष्टी गरेको थियो । प्रहरीले आफ्नो बिज्ञप्तीमा भनेको छ; “ती ब्यक्तीलाई प्रहरीले गाडीबाट बाहिर निस्कन आदेश दिए पछि ती ब्यक्ती बाहिर निस्किएर प्रहरी अधिकृतसँग प्रतिरोध गर्दै थिए । पछि प्रहरीले हत्कडी लगाउन सफल भएको र पछि उनमा स्वास्थ्य सम्बन्धि समस्यामा परेको देखिएको थियो”।

भिडियोमा प्रहरीले घुँडाले गर्धनमा थिचेपछि मृतकले सास फेर्न नसकेको भनिरहेको देखिएको छ । ती ब्यक्तीलाई हेन्निपिन काउन्टी मेडिकल सेन्टरमा मृत्‍यु घोषित गरिएको थियो । उक्त घटनाको भिडियो ब्रेस्ट्याण्डर डार्नेला फ्राजिरले खिचेर आफ्नो फेसबुकमा हालेका थिए ।
https://youtu.be/oMe-lEpPPcI