काठमाडौं । मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ । घटना बाहिरिएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरी स्रोत उदृत गर्दै समाचारमा उल्लेख गरिए अनुसार मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका छन् । यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्नता रहेको प्रहरीले बताएको छ । यसबारे अनुसन्धान गरिरहेको बताइएको छ । गोरखबहादुर मृतकका नातेदार पर्ने समेत प्रहरीको भनाई छ ।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो। कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए।