मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । त्यसलगत्तै उनी रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिडले उनको स्वागत गरेको थियो ।

उनी रास्वपा प्रवेश गरेर झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनी रास्वपाका वरिष्ठ नेता हुन् । उनले आजै पार्टीमा कार्यभार समेत ग्रहण गरे । घण्टीघरमा उनले १० मिनेट मात्र बिताएका थिए । त्यसलगत्तै उनी जनकपुर उडेका थिए ।