काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लण्डन जाने भएका छन्। लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो।
बालेनको वैदेशिक भ्रमण गर्न मन्त्रिपरिषद्बाट बैठकले अनुमति दिएर स्वीकृत गर्नुपर्ने हुन्छ। कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने अधिकारीले बताए। उक्त समिटमा फुड एण्ड हाइजिन लगायतका विषयमा कुरा हुने बताइएको छ ।