म्याग्दी । म्याग्दीमा जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा बुधबार बेलुका जीप दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार घटनामा ६ जना घाइते छन् । ग १ ज ७६५२ नम्बरको जीप दुर्घटनामा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा पूर्णगाउँका २३ वर्षीय अनिल रसाईली, २५ वर्षीय सुदन आचार्य, ३६ वर्षीया अमृता राम्जाली, २६ वर्षीया एन्जिला भण्डारी, ८ वर्षीया एडिना नेपाली र ३५ वर्षीया गीता खत्री घाइते छन् । उनीहरुको बेनी अस्पतालमा उपचार जारी छ ।