यस्तो छ आजको मौसम पूर्वानुमान

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–१ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरबाट आइतबार बिहान देखिएको सूर्योदयको दृश्य । बिहानको समयमा यहाँबाट सूर्योदयसहित नवलपुर, तनहुँ र चितवनतर्फको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर : टेकराज पोखरेल\रासस

काठमाडौँ, २३ कात्तिक । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ । विभागद्वार आज यहाँ जारी मौसम बुलेटिनका अनुसार कोेशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बुलेटिनमा उल्लेख छ ।