काठमाडौं । जारी यूरोकप २०२० प्रतियोगिताबाट रुस बाहिरिएको छ । डेनमार्कले शुरुका दुई खेल हारेको थियो । तर, सोमबार राती सम्पन्न खेलमा रुसविरुद्ध भने डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्यो । समूह ‘बी’ अन्तर्गत रुसलाई ४-१ ले हराउँदै डेनमार्क समूह उपविजेताका रुपमा अन्तिम १६ स्थानमा पुगेको छ । खेल डेनमार्कको घरेलु मैदानमा भएको थियो ।
डेनमार्कका लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक\एक गोल गरेका छन् । रुसका लागि एक मात्र गोल आर्टम ज्यूबाले गरे । जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह बी को उपविजेता बनेको हो । समुहमा फिनल्याण्ड र रुसको समेत समान ३ अंक छ । तर, डेनमार्क गोल अन्तरका आधारमा अगाडी रहेर अन्तिम १६ पुगेको हो । पुछारमा रहेको रुस बाहिरिएको छ ।