यूरोकप : ८ गोल भएको खेलमा स्पेन विजयी

काठमाडौं । रोमाञ्चक खेलमा क्रोएसियालाई ५-३ ले हराउँदै स्पेन जारी युरोकप २०२० को क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबार राती सम्पन्न खेलमा कुल ८ गोल भए । निर्धारित ९ मिनेट र थपिएको ६ मिनेट भित्र दुबै टोलीले ३-३ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समय भित्र स्पेनले दुई गोल थप्न सफल भयो । युरोकपकै इतिहासमा यो सर्वाधिक गोल हुने दोस्रो खेल समेत बनेको छ ।

स्पेनका लागि पाब्लो साराबिया, सेजार एज्प्लिकुएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओजाबायाले एक–एक गोल गरे । क्रोएसियाका लागि मिस्लास ओरिसिच र मारियो मासालिचले एक–एक गोल गरे । स्पेनले एक गोल भने क्रोएसियाकै पोष्टमा गरेको थियो । स्पेनले क्वाटरफाइनलमा स्वीट्जरल्याण्डको सामना गर्नेछ ।