काठमाडौं । देशभर वर्षा जारी रहेको छ । राजधानी काठमाडौंमा पछिल्लो १२ घण्टा देखि वर्षा जारी छ ।
उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । काठमाडौं आसपासका डाँडाहरुमा समेत हिमपात जारी छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात जारी रहेको हो ।
वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबारदेखि वर्षा शुरु भएको हो ।
यस्तो वर्षा र हिमपात शुक्रबार दिनभर नै जारी रहने महाशाखाले जनाएको छ ।
शुक्रबार दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने र उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्नेछ ।
शनिबार दिउँसोबाट भने मौसममा क्रमिकः सुधारको सम्भावना रहेको छ ।