काठमाडौं
काठमाडौं गोकर्णेश्वर नगरपालिकाको उत्तर पूर्वी गाउँ सुन्ताखाँनस्थित केही सकृय युवाहरुद्वारा संचालित स्वतन्त्र टोल सुधार समितिले कोरोना महामारीमा पिडामा परेका ११ सय ३० बिपन्न तथा मजदुरलाई राहत बितरण गरेको छ ।स्थानीय सामाजिक ब्यक्ती तथा ब्यवसायीहरुको सहयोगमा संकलित तथा समितीको आफ्नै स्रोत मार्फत दैनिक उपभोग्य सामाग्रीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर -३ का बिपन्न तथा मजदुरलाई बितरण गरिएको टोल सुधार समितीका अध्यक्ष जय राम बिष्टले बताए ।”पछिल्लो समय कतिपय राहत बितरण अब्यवस्थित भएको समाचार आएको हुँदा हामीले बितरणलाई आफ्नो बुद्धी र बिबेकले भ्याएसम्म राम्रो गर्ने कोशीस गरेका छौं” भन्छन् अध्यक्ष बिष्ट । बिष्ट भन्छन्; “हाल सालै वडा कार्यालयले नगरपालिकासँग समन्वय गर्दै वडा भित्रका बिपन्न र मजदुरहरुको अभिलेख तयार गरेको थियो । त्यही अभिलेखलाई आधार मान्दै ११ सय ३० जनालाई पहिलो चरणको राहत बितरण सम्पन गरेका छौं ।हाम्रो मुख्य चसो भनेको राहत पाउनु नपर्नेले नपावोस र पाउनै पर्ने नछुटोस भन्ने नै हो” ।
समितिले प्रति ब्यक्ती १२ किलो चामल, आधा लिटर तेल, १ किलो चिनी, १ किलो दाल, १ प्याकेट नुनको साथमा मास्क र साबुनको थैलो पारेर बितरण गरिएको समितिले बताएको छ ।छोटो समयमा ११ सय ३० जनालाई राहत बितरणको सफलता पछि अध्यक्ष बिष्ट भन्छन् – “अवस्था निक्कै गम्भिर देखियो ।कतिपयको ओत लाग्ने छानो त छ तर पेट भर्ने मानो छैन ।त्यसैले हामीले अहिले सहयोग गरेको राहतले २ छाकको लागि केही राहत त होला तर स्थाई समाधानको लागि भने केही योजना ल्याउनै पर्ने देखिएको छ” । गत बर्ष मात्र वडाका करिब दुई सय सकृय युवा सहभागितामा गठित स्वतन्त्र टोल सुधार समिती,साबिक बालुवा गाबिसमा पर्ने हालको वडा नम्बर ३ भित्रका थुप्रै सार्वजनिक बिकृती र बिसँगती बिरुद्ध सकृय संस्था हो ।
राहतका लागि सहयोग उपलब्ध गराउनेहरुको सुची यस्तो छ :
रमेश घोरासैनी – २० बोरा चामल
दीपेन्द्र बिष्ट घट्टेखोला -२० बोरा चामल
साँङ्ग्रिला किड्स होम – ९ बोरा चिनी
– ३० बोरा दाल
– ९ प्याकेट तेल
समितीको तर्फबाट – ३० बोरा चामल
– १ बोरा चिनी
– १ लाखको औषधी
बि पि कोईराला सङ्रालय सुन्दरिजल – १ हजार मास्क
– २ सय साबुन
दिपक थापा – ३० बोरा चामल
के डि शेर्पा आँत्तरखेल – ४१ बोरा चामल
हेमराज सिलवाल जोरपाटी – ३० बोरा चामल
हेग्री भैरब बलुवा तथा प्रशोधन केन्द्र – २०० बोरा चामल
राजन कार्की उमेश कार्की बालकृष्ण भण्डारी
कुमार र अमरको टिम – ७५ बोरा चामल
– २० बोरा नुन
राजेन्द्र भण्डारी ( वडा अध्यक्ष ) – २५ बोरा चामल
सन्तोष चलिसे ( नगर प्रमुख ) तथा दिपक रिसाल – २० बोरा चामल