काठमाडौं । रामेछापमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका–७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिएकाछन् । बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए। दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो।
मृतक सबैको सनाखत भएको छ। मन्थली नपा ७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ छन्। कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको हो।