काठमाडौं, २८ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको रास्ट्रपतिको कार्यालयले जनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवन जेन जी आन्दोलनमा जलेको छ । अब बैठक नयाँ संसद भवन सिंहदरबारमा बस्नेछ ।
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान