काठमाडौं । राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ दुईजनाको अन्तिम नामावली प्रकाशन भएको छ ।
पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुन् । निर्वाचन अधिकृत कार्यालयले फागुन १६ गते मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएकोमा सो समयभित्र कुनै पनि उम्मेदवारको नाम फिर्ता नलिएको जानकारी दिएको छ ।