काठमाडौं । राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएको जनाएको छ । अब पासपोर्ट वितरणको सेवा सुचारू भएको समेत विभागको भनाई छ । आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने उल्लेख गरेकी छिन् ।
पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो। यसको तीव्र आलोचना भएको थियो । सरकारले राहदानीमा हुने ढिलासुस्ती र सास्ती हटाउन निर्देशन दिएकै समयमा समस्या आएको हो ।