रेशम चौधरीको उम्मेदवारी जेलबाटै

काठमाडौं । रेशम चौधरीले बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी जेलमा छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको उम्मेदवारी दर्ता उनका वारेस प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो। चौधरी २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका थिए। उनी त्यो बेला जनता समाजवादी पार्टीबाट चुनावमा लडेका थिए।

अहिले उनले आफ्नो संरक्षकमा श्रीमती अध्यक्ष हुनेगरी नागरिक उन्मुक्ति पार्टी खोलेका छन्। यो पटक उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दियामा चुनाव लड्दै छन्। कैलाली क्षेत्र नम्बर १ मा उनकी श्रीमती रञ्जिता श्रेष्ठले प्रतिनिधि सभा सदस्य तर्फ चुनाव लड्ने भएकी छिन्। चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका छन्।