काठमाडौं । रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३–० हराउँदै इतिहास रचेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको छ । कप्तान निकोलस स्टासिउले २९औं मिनेटमा गोल गर्दै रोमानियालाई अग्रता दिलाए । उनले २० यार्डबाट टप कर्नरमा प्रहार गर्दै उत्कृष्ट गोल गरे । त्यसपछि राजभान मारिनले ५३औं मिनेटमा गोल गर्दै रोमानियाको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि नै डेनिस ड्रागुसले गोल गर्दै रोमानियालाई ३(० को अग्रता दिलाए ।
समूह ई मा रोमानियाले ३ अंक जोडेको छ । यसअघि रोमानियाले पछिल्लो पटक सन् २००० को युरोमा इंग्ल्याण्डलाई समूह चरणमा ३(२ ले पराजित गरेको थियो । यसअघि पाँच संस्करण युरो खेल्दा त्यो नै रोमानियाको एक मात्र जित थियो । त्यस संस्करणमा नकआउट चरणमा रोमानिया इटलीसँग पराजित भएको थियो ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण रुपमा आक्रमण गर्ने आदेश दिएयता युक्रेनका खेलाडीहरुले पहिलो पटक मुद्य प्रतियोगिता खेलिरहेका छन् । गत साता युक्रेनका फरवार्ड मिखाइलो मुड्रिकले आफ्नो गृहनगर क्रास्नोग्राडमा आफ्नो परिवारले दिनरात नै रूसी मिसाइलहरूको सामना गरिरहेको बताएका थिए ।