लगनगाँठो कस्ने तयारीमा गायिका इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले प्रेमी शरद् केडियासँग आगामी मंगलबार विवाह गर्न लागेकी हुन् । उनले आइतबार एक सन्देश जारी गर्दै भनेकी छिन्, ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ ।’

इन्दिराले अगाडी लेख्छिन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’ तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरद् फेसन डिजाइनर हुन् ।