काठमाडौं । लगातारको हारपछि स्पानिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई हटाएको छ । ला लिगामा बुधबार राति भएको खेलमा टीम रायो भालेकानोसँग १, ० ले पराजित भएसँगै क्लबले कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले जनाएको छ । भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ ।
कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने छन् । क्लवले उनलाई आगामी यात्राको शुभकामना पनि भनेको छ । क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्त भए । यो सिजनमा बार्सिलोनामा लियोनल मेसी छैनन् । बार्सिलोनाले ला लिगामा १० खेलबाट जम्मा १५ अंक जोड्दै अंक तालीकाको ९ औं स्थानमा रहेको छ ।