ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

काठमाडौं । ललितपुरमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको छ । छानबिन गर्न मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ ।

बिहीबार बिहान १० बजे पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन उद्योगमा अक्सिजन भर्ने क्रममा विष्फोट हुँदा भारतीय नागरिक वृहमोहन महतो र राजकुमार महतोको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले समेत अनुसन्धान गरिरहेको छ ।