ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० मा यसअघि १० पटकसम्म वडा अध्यक्ष निर्वाचित हुँदै आएका नरसिंह व्यञ्जनकार ११ औं पटक पनि वडाअध्यक्ष बन्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । उनी स्वतन्त्रबाट लड्ने र जित्ने गर्थे । यसपटक भने पराजित भएका छन् । उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले हारेका छन् । ८१ वर्षीय नरसिंहले ५४३ मत पाए । उनका ४४ भतिज रविनमानले ८२५ मत ल्याए ।
रविनमान नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । नरसिंह स्वतन्त्र रुपमा चुनाव लड्दा पुतली चुनाव चिह्न पाएका थिए । नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० मा उनले निरन्तर नेतृत्व गरेका थिए ।