अमृता के सी ( रोनी )
काठमाडौँ, असार १६ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को आयोजनामा लायन्स फुड बैंकबाट बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ,टिम एरिया लिडर लायन श्रीधर भण्डारी,लायन रमेश लामा,लायन उमेश ढुंगाना, लायन विख्यात प्रसाद थपलिया लागायत लायन्स लिडर तथा लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो।

कोभिड-१९ को दोस्रो लहरको विषम परिस्थितिमा खाद्यान्न अभावमा भोको पेट बस्न नपरोस् भन्ने उदेश्यले ४४ विपन्न परिवार,३ वटा बालगृह र गुरुकुल लगायतका संस्थाहरु खाद्यान्न सामाग्री वितरण गरेको डिस्ट्रिक गभर्नर श्रेष्ठले जानकारी गराए ।लायन्स क्लबले गोकर्णेश्वर नगरपालिका स्थित सुनाैलाे पाईला,सुनाैलाे सन्सार, उत्तर बाईनि गुरुकुल, उत्तर बाईनि साधना केन्द्र, लब पर्साद बाल गृह, समुन्नत महिला मन्च र ४४ विपन्न परिवारलाई खाद्यान्न सामाग्री सोमबार वितरण गरेको हो।लायन्स क्लबले वितरण गरेको सामाग्रीहरुमा २० किलोको ८२ बोरा चामल,नुन ,दाल र मसेउरा लगायतका सामाग्री रहेको थियो।
हामी सेवा गर्छौँ भन्ने उदेश्य लिएर देशको हरेक क्षेत्रमा समस्याका साथै असहज स्थिति हुँदा जहाँ आवश्यकता त्यहाँ लायन्स भनेर अग्रपंक्तिमा खडा भइ लायन्स क्बलले साथ सहयोग गर्दै आइरहेको जानकारी पूर्व गभर्नर लायन भेटुवालले गराए।भेटुवाले निषेधाज्ञाको कारण भाडामा बस्ने,विपन्न परिवार साथै बालगृहमा आश्रय लिएकाहरुलाई खाद्यान्न अभाव भएकोले आवश्यकता अनुसारको खाद्यान्न सामाग्री वितरण गरेको बताए।
