काठमाडौ / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ काठमाडौं ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा सोमबार दिउँसो १२:१५ मा आसय पत्रका साथ उम्मेद्बारी दिनुभएको छ।
लायन्स क्लब अफ दिङ्ला भोजपुरले काठमाडौंको बौद्ध स्थित कुशल वैंकेटमा आयोजना गरेको उक्त अनौपचारिक कार्यक्रममा सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी दर्ता गरेको घोषणा गरेका हुन्।
नेपालस्थित डिस्ट्रिक ३२५ ए १ का गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर एंव हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व मन्त्री लायन शंखर कोइराला, नेपालको पहिलो महिला गभर्नर लायन सुश्मा शर्मा,पि.डि.जि. बि १ लायन गौतममान श्रेष्ठ,लायन बिमल चापागाईं,लायन शंकर कोइराला,लायन उत्तर चापागाईं,लायन शम्भु घिमिरे,चार वटा डिस्ट्रिकबाट गभर्नर ,पुर्व गभर्नर, सहित बिभिन्न क्लबका पदाधिकारीहरु सहित लायन्स लिडर तथा लियो लिडरहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै जि ए टि लिडर लायन खगेन्द्र सिटौलाले लायन्स क्लबलाई एउटा मन्दिरको रुपमा स्थापना गरेको बताउनु भयो। नेपालको छवि स्वच्छ राख्न अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएको बताउदै सम्पूर्ण लायन्स लिडर तथा सदस्यहरुलाई साथ र सहयोगका साथै शुभकामनाको लागि धन्यवाद दिनु भयो।
सो कार्यक्रममा शुभकामना मन्तव्य दिदै पि डि जि लायन गौतममान श्रेष्ठले दुई दशक अगाडि अवसर दिदा कोहि कसैले उम्मेद्बारीको लागि चासो नदिएको बताउदै हाल नेपालमा लायन्सका सदस्य र क्लब बढेको देख्दा चकित भएको बताएका छन् ।लायन्स क्लब अन्तर्राष्ट्रियमा निर्देशक पदमा हामिले अबका दिन वर्षैपिच्छे प्रतिनिधित्व गर्नुपर्छ भन्ने भनाइ लायन शभ्भु घिमिरेको थियो ।
कार्यक्रममा डिस्ट्रिक ३२५ ए १ पुर्व डिस्ट्रिक गभर्नर एबम हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवालले लाइनिजमको दुई दशकको लामो समयमा चारवटै डिस्ट्रिकमा आएको समस्या फुकाउन सिटौला जहिले पनि अघि सरेको भन्दै योगदानको चर्चा गर्दै हमेसा साथ र समर्थन गर्ने प्रतिबद्धता गरे।माइ एल सि आइमा बीस लाख घण्टा सेवा पुर्याउन सफल डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले सिटौलालाई नेपाली लाइनिजमको धरोहरको संज्ञा दिदै गौरवको दिन हो भनी सिटौलाले डोहोर्याएर ल्याउनु भएको लिडर आफू बताउनु भयो।
कार्यक्रममा अधिकांस वक्ताहरूले अन्तर्राष्ट्रियमा लायन्सका कुरा प्रष्ट राख्न,देशको हकहित स्थापित गराउन सिटौलालाई साथ समर्थन गर्ने बाचाका साथै अन्तर्राष्ट्रिय निर्देशक बनेर आउ है भनी शुभकामना व्यक्त गरेका छन् ।