काठमाडौं – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित यो वर्ष अभियान चलाउन लागिएको हो । यो दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९९ को महासभाबाट नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । सोहिकारण अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।