काठमाडौं । हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले सम्झौता गरेको छ । सम्झौता अनुसार यो समुह शान्तीपूर्ण राजनीतिमा आउन तयार भएको छ । सम्झौतामा आफु इमानदार रहने प्रतिवद्धता समेत विप्लवले गरेका छन् । तर, खुला राजनीतिमा आउने भनिएसँगैै उक्त समूहले आजसम्म चलारहेका हातहतियार र त्यसको व्यवस्थापनबारे भने सम्झौता मौन बसेको छ ।
यसको आलोचना समेत शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे सम्झौतामा किन उल्लेख नगरेको भन्दै प्रश्न उठाएको छ । प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार विप्लव आउँदा पूरै बगाएको हो भन्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोई ? भन्दै प्रश्न गरेका छन् । सिंगो देश यो गम्भीर प्रश्नको उत्तर चाहन्छ उनले भनेका छन् । विप्लव समूहले राज्यविरूद्ध हिंसात्मक आन्दोलन गरेको भएपनि सरकारले हतियारको बुँदामा मौन बसेको छ ।