विराटनगर । विराटनगरमा एम्बुलेन्स दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डलको ज्यान गएको छ । मण्डल बिरामी भएपछि परिवारसँगै उपचारका लागि लिएर आएका थिए । सोमबार बिहान १ बजे दुर्घटनामा नोबेल अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो ।
दुर्घटनामा ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। एम्बुलेन्स चालक हरि यादव फरार छन्।