विश्वकप क्रिकेटमा नयाँ टोली अफगानिस्तान ठूला र बलिया टीमसामू निरिह देखिएको छ । मंगलबार राती भएको खेलमा श्रीलंकासँग हारेको श्रीलंकालाई यसअघि पहिलो खेलमा अष्ट्रेलियासँग हारेको थियो ।
कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराएको हो ।
यी दुई टोलीको खेल हुँदै गर्दा पानी पर्यो ।
त्यसपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदा मात्र १ सय ५२ रन मात्रै जोड्न सक्यो । अफगानिस्तानका लागि नजिबउल्लाह जादरानले ४३ र हजरतउल्लाह शाहिदीले ३० रन जोडे ।
श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिने क्रममा ३१ रन दिए । अनुभवि बरल लासिथ मालिंगाको नाममा तीन विकेट रह्यो । म्यान अफ द म्याच घोषित प्रदिपले आफ्नो वान डे करियरकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रन मात्रै जोडेको थियो । श्रीलंकाका लागि कुशल परेराले ७८ र कप्तान दिमुथ करुनरत्नेले ३० रन बनाउ । श्रीलंकाका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।