विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

Photo : outlook india

दुबई । सातौं संस्करणको टी२० विश्वकप क्रिकेटको उपाधीका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै फाइनलमा पुगेको हो । मार्कुस स्टोइनिस र म्याथ्यु वेडले ४० बलमा अविजित ८१ रनको साझेदारी गरेसँगै अस्ट्रेलियाले पाकिस्तानमाथि सहजै जित निकाल्न सक्यो । स्टोइनिसले ३१ बलमा ४० र वेडले १७ बलमा ४१ रन बनाए ।

निधौरित लक्ष्य अस्ट्रेलियाले एक ओभर अगाडि नै भेटायो । उपाधी भिडन्त आइतबार राती हुने छ । न्युजिल्यान्डले इंग्ल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । वेडले साहिन साह अफ्रिदीले फालेका तीन बलमा लगातार ३ छक्का प्रहार गर्दै खेल अष्ट्रेलियाको पक्षमा ल्याए । डेविड वार्नरले ४९ रन बनाउँदै टीमलाई गतिलो शुरुवात दिलाएका थिए । पाकिस्तानका सादाब खानले भने उत्कृष्ट बलिङ गरे ।