काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनले आयोजना गर्ने एएफसी एसियन कप छनोटको तालीका सार्वजनिक भएको छ ।
नेपाल प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस पटक नेपालले विश्वकप छनोटमा पहिलो पटक शक्तिशाली मुलुक अस्ट्रेलियासँग प्रतिष्पर्धा गर्नेछ ।
किनकी नेपाल र अस्ट्रेलिया एकै समूहमा परेका छन् । अस्ट्रेलिया एसियाली मुलुकहरु मध्ये कै सबैभन्दा शक्तिशाली देशमध्ये हो ।
किनकी फिफाले अस्ट्रेलियालाई एसियाली कोटाबाट विश्वकपमा छनोट गराइरहेको छ । तर, उसको फूटबल भने निकै माथिल्लो स्तरको रहेको छ ।
बुधबार एसियाली फुटबल महासंघको मुख्यालय मलेसियाको क्वालालम्पुरमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि भएको ‘ड्र’ मा सार्वजनिक गरियो ।
समूह बीमा नेपालसहित अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्। नेपाललाई यो चरण पार गर्न निकै मुस्किल पर्ने छ । तर, शक्तिशाली देशसँगको प्रतिस्पर्धाबाट भने नेपालले धेरै पाठ सिक्न सक्छ ।
दोस्रो चरणमा पुगेका नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा ५\५ टिम राखेर समूह विभाजन गरिएको हो ।
दोस्रो चरणको प्रतिस्पर्धा आगामी ९ भदौ बाट सुरु हुनेछ। पाँच टिमले होम एन्ड अवेको आधारमा एक वर्षको अन्तरमा ८\८ खेल खेल्ने गरी समूह विभाजन सार्वजनिक भएको हो ।
नेपालको नयाँ प्रतिस्पर्धी अस्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको टोली हो । यो टीम एसियन च्याम्पियन हो। ताइपेई र कुवेतसँग भने नेपालले मैत्रीपूर्ण प्रतिस्पर्धा गरिसकेको छ ।