काठमाडौं । आफ्नो अन्तिम खेलमा जितका बावजुत चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ । लगातार दोस्रो संस्करणमा जर्मनी समूह चरणबाटै बाहिरिएको हो । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४–२ गोलअन्तरको शानदार जित निकालेको थियो । तर, समूहकै अर्को खेलमा जापानले स्पेनलाईे हराएपछि जर्मनीको बाटो बन्द भएो हो । विश्वकपको ग्रुप अफ डेथ मानिएको समूह ई मा दुई विश्व च्याम्पियन स्पेन र जर्मनी थिए । दुवैलाई उछिन्दै जापानले समूह विजेता बन्यो ।
यो समूहबाट जापान ६ अंकसहित विजेता बन्दा ४ अंकसहित स्पेन उपविजेता बन्यो । जर्मनीको समान ४ अंक नै भए पनि गोलअन्तरमा पछि प¥यो । सर्ज जिनेब्रीले ११औं मिनेटमै गोल गरेपछि पहिलो हाफमा जर्मनीले अग्रता लिएको थियो । तर, १२ मिनेटको अन्तरमा दुई गोल गर्दै कोष्टारिका खेलमा फर्कियो । ५८औं मिनेटमा एलस्टिन टेजेडा र ७०औं मिनेटमा जुवान भार्गासले गोल गरेका थिए । काइ हाभेट्जले लगातार दुई गोल गरी पुनः जर्मनीलाई अग्रता दिलाए । उनले ७३ र ८५औं मिनेटमा गोल गरेका थिए । ८९औं मिनेटमा निक्लस फुल्कर्गले गोल गरे पनि जर्मनीलाई नकआउट चरणमा पुग्न पर्याप्त रहेन ।